logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एक सयदेखि ३ सयसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

    एक सयदेखि ३ सयसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

    1K
    Shares
    एक सयदेखि ३ सयसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले एक सयदेखि ३ सयसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने प्रस्ताव अघि सारेकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयले सो  प्रस्ताव अघि सारेकाे र छलफलकाे चरणमा रहेकाे जानकारी दिएका हुन् ।

    उनले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटकपटक छलफल भएकाे बताए ।  मन्त्री बस्नेतले नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्नेहरु डिप्रेशनमा जाने क्रम बढेपछि चिकित्सा शिक्षा अध्ययनका लागि सो प्रस्ताव ल्याइएकाे समेत जानकारी दिए ।

    उनले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालहरुसँग सुझाव लिने काम शुरु गरिएको बताए । मन्त्री बस्नेतले ३ सय भन्दा बढि बेड भएका सरकारी अस्पतालहरुमा भने एमबीबीएसको पनि पठनपाठन हुनेगरी सम्बन्धित निकायसँग छलफल गरिएको जानकारी दिए ।

    ‘बाहिर जान नसक्ने, यहाँ पढन नसक्ने अवस्था भएपछि हाम्रा भाई बहिनीहरु डिप्रेशनको शिकार हुन थाले । र, म कहाँ डिप्रेशन भयो भनेर दिनै पिच्छे कम्तिमा एक र बढि ६ जनासम्म म कहाँ आउन थालेका छन । अब हामीले पनि नीतिगत रुपमा केही निर्णय नगरीकन त मुखले भनेर त केही पनि गर्न सक्दैनौं ।’ -उनले भने, ‘त्यसकारण मैले यो सुधारका कुराहरुलाई लिएर क्याविनेटमा दुई, ३ महिना अगाडि कुरा लगेका थिए । र, सम्माननीय प्रधानमन्त्रीज्युले शिक्षा, स्वास्थ्यमन्त्री र सचिवजीहरु, चिकित्सा शिक्षा आयोग, सम्माननीय प्रधानमन्त्रीज्यु बसेर पटक पटक छलफल गर्नुभयो । अहिले त्यो प्रक्रिया अघि बढिसकेको छ ।’

    उनले थपे-  ‘हामीले एउटा निर्णय मंगलबार गरेका छाै, सरकारी अस्पतालहरु जुन अस्पतालमा एक सय देखि ३ सय बेडसम्म चलेको छ । एक सय देखि ३ सयसम्मा बेड सञ्चालन गरेका सरकारी अस्पतालहरुमा, चाहे त्यो संघीय अस्पताल होस, चाहे प्रादेशिक अस्पताल होस् । स्थानीय तहले सञ्चालन गरेको अस्पताल किन नहोस् । त्यसमा हामीले पारामेडिक्स र नर्सिङ पढ्नका लागि खुला गर्ने ।’

    उनले यसका बारेमा चिकित्सा शिक्षा आयोगलाई पनि पत्राचार गर्ने जानकारी दिए ।

    मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधारको काम गरेको साथै भैरहेकाे र त्यसका लागि बजेटको अभाव हुन नदिने दाबी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend