logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दक्षिण लेबनानमा भएको इजरायली आक्रमणमा २ पत्रकार र २ सर्वसाधारण मारिए

    दक्षिण लेबनानमा भएको इजरायली आक्रमणमा २ पत्रकार र २ सर्वसाधारण मारिए

    959
    Shares
    दक्षिण लेबनानमा भएको इजरायली आक्रमणमा २ पत्रकार र २ सर्वसाधारण मारिए

    सिन्ह्वा । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा भएको इजरायली आक्रमणमा दुई पत्रकार र दुई नागरिकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    स्थानीय टेलिभिजन च्यानल अल–मायादीनका लागि काम गर्ने रिपोर्टर फराह ओमार र सोही च्यानलका लागि काम गर्ने फोटोग्राफर रबिह अल–मामारी दक्षिणी लेबनानमा घटनाहरु कभर गर्दै गर्दा मारिएको पुष्टि गरिएको हो ।

    दुई इजरायली ड्रोनले उनीहरुमाथि आक्रमण गरेको बताइएको छ । यसैबीच दक्षिणी गाउँ काफ्र किलामा रहेको घरमा इजरायली तोपको गोली लागेर ८० वर्षीया लाइका सरहानको मृत्यु भएको छ भने नातिनी घाइते भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend