logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौँ मेडिकल कलेजद्धारा रसुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, सात सय ५३ जनाको स्वास्थ्य जाँच

    काठमाडौँ मेडिकल कलेजद्धारा रसुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, सात सय ५३ जनाको स्वास्थ्य जाँच

    1.3K
    Shares
    काठमाडौँ मेडिकल कलेजद्धारा रसुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, सात सय ५३ जनाको स्वास्थ्य जाँच

    काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले रसुवाको गौकुण्ड गाउँपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत उक्त मेडिकल कलेजले वाईपेन युएन प्रोजेक्ट नेपालसँगको सहकार्यमा गौकुण्ड गाउँपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

    उक्त निःशुल्क स्वास्थ्य शिविरमा सात सय ५३ जनाको स्वास्थ्य जाँच गरिएको काठमाडौँ मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार उक्त शिविरमा एक सय १ जनाको इसिजी, एक सय २७ जनाको भिडियो एक्सरे एक सय २२ जनाको ल्याब परीक्षण गरिएको छ ।

    शिविरमा आएका १३ जनाको दाँत खोलिएको र ४४ जनालाई थप उपचारका लागि ओटी रेफर गरिएको जनरल मेनेजर दाहालले बताए । नेपाली कांग्रेसका प्रभावशाली सांसद डाक्टर सुनिलकुमार शर्माको उक्त मेडिकल कलेजले बिगत तीन वर्षदेखि देशका बिभिन्न दुर्गम गाउँ गाउँमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

    यसरी सञ्चालन गरिएका सिविरहरुबाट हजारौँ नागरिक लाभान्वित भइरहेका बताइएको छ । स्वास्थ्य सेवा आम नागरिकको घरदैलोसम्म पुग्नुपर्छ भन्ने सांसद शर्माको भावना अनुरुप नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर गरेको केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताइन् ।

    नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति, बाल रोग सम्बन्धी केएमसीका दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेका छन् ।

    स्वास्थ्य संस्थाहरु सहरमुखी र पैसामुखी भए भन्ने आरोप लागिरहँदा केएमसीले भने गाउँगाउँ पुगेर सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको कार्यकारी अध्यक्ष शर्माको दाबी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend