काठमाडौँ। जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।
बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले उनीबिरुद्धको सजाय निर्धारण गरेका हुन् । यसैगरी सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरिएको छ।
जिल्ला अदालतका एक कर्मचारीका अनुसार राय किताबमा न्यायधीशले ३ लाख र दुई लाख क्षतिपूर्ति भनी उल्लेख गरेका छन् ।