logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सेन्चुरी कमर्शियल बैंकको सिइओ हुँदा मनोजले गरेका थिए २ अर्ब भन्दा बढी ऋण अपचलन

    सेन्चुरी कमर्शियल बैंकको सिइओ हुँदा मनोजले गरेका थिए २ अर्ब भन्दा बढी ऋण अपचलन

    1.8K
    Shares
    सेन्चुरी कमर्शियल बैंकको सिइओ हुँदा मनोजले गरेका थिए २ अर्ब भन्दा बढी ऋण अपचलन

    काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंक प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज न्यौपानेले कमसल धितो राखेर २ अर्ब रुपैयाँ भन्दा बढीकर्जा अपचलन गरेको भेटिएको छ। सेन्चुरी प्रभु बैंकमा समाहित भइसकेको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानले सो रकम बराबरको ऋण अपचलन गरेको भेटिएको हो। तत्कालिन सिइओ न्यौपानेले तीन वटा कम्पनीलाई कमसल धितो राखेर कर्जा प्रवाह गरेको भेटिएको अनुसन्धानबाट खुलेको सिआइबीका प्रमुख तथा एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

    उनका अनुसार यो प्रकरणमा बैंकका तत्कालीन सिईओ न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतम सहित १० जना पक्राउ गरिएको ब्यूरोकी एआईजी किरण बज्राचार्यले बताइन्। यसैगरी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी पनि पक्राउ परेका छन् । बैंकिङ कसुरमा उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ।

    थप ४ जनाको नाम खुलेको छैन । थप केहीको प्रहरीले खोजी गरिरहेको छ । साविकको सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत् कर्मचारीहरु पक्राउ परेका हुन् । सेन्चुरीका तत्कालीन सिइओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सिइओ हुँदै पछि सिइओको जिम्मेवारी पाएका थिए । पक्राउ परेकाहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोका एसपी होविन्द्र बोगटीले सुनौलो नेपाललाई बताए।

    कमसल धितो राखेर ऋण प्रवाह गरेकाले उनीहरुविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

    देउराली बहुउद्धेशिय सहकारी संस्था लिमिटेडकाका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सिइओ न्यौपाने, त्यसअघिका सिइओ गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको आरोप छ ।बचतकर्ताको ७ अर्ब रुपैयाँ हिनामिना गरेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा छन्।

    देउराली सहकारीका अध्यक्ष चौलागाईंले बचतकर्ताको बचत दुरुपयोग मात्र गरेका छैनन्, कमजोर धितोमा ४ अर्ब रुपैयाँ ऋण लिएर पाँचवटा बैंकलाई जोखिममा पारेका छन्। उनले विभिन्न १० वटा कम्पनीमा बैंकहरूबाट कुल ४ अर्ब रुपैयाँ ऋण लिएको देखिएको अनुसन्धानबाट खुलेको छ। प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरीबाट मात्रै उनले २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएको देखिएको छ ।

    सेन्चुरीमा ऋण अपचलन गरेपछि अहिले प्रभु् बैंकको निष्क्रिय कर्जा अनुपात ४.९९ प्रतिशत छ। कर्जा अपचलन गरेको आरोपमा लागेका न्यौपाने लगायतलाई नेपाल राष्ट्र बैंकको आग्रहमा सिआइबीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो। सिआइबीले यसको विस्तृत अनुसन्धान गर्दै छ।

    २०७९ वैशाख २ गतेदेखि लागू हुने गरी न्यौपानेलाई ४ वर्षका लागि सेन्चुरीको सिईओ नियुक्त भएका थिए। न्यौपानेले २०७८ साउन १ गतेबाट कार्यबाहक सिईओको जिम्मेवारी सम्हाल्दै आएका थिए। काठमाडौं विश्व विद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्यौपानेको बैंकिंङ्ग क्षेत्रमा दुई दशक भन्दा बढीको अनुभव छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend