logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ताप्लेजुङमा निःशुल्क आँखा शिविर संचालन

    ताप्लेजुङमा निःशुल्क आँखा शिविर संचालन

    1.6K
    Shares
    ताप्लेजुङमा निःशुल्क आँखा शिविर संचालन

    ताप्लेजुङ । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर संचालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर संचालन हुने जनाइएको छ ।

    तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर संचालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए ।

    उनकाा अनुसार उक्त शिविर जिल्लास्थित नेत्रज्योति संघ, तिलगंगा आँखा अस्पताल, सेवा फाउण्डेशन र फुङ्लिङ नगरपालिकाको संयुक्त पलहमा आयोजना गरिएको हो ।

    शिविरमा छनोट भएका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने आँखा उपचार केन्द्रले जनाएको छ । मोतियाविन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा यही फागुन १३ र १४ गते शिविर संचालन गरिएको थियो ।

    उक्त शिविरबाट ३७ जना मोतियाविन्दुका बिरामीको पहिचान भएको छ । परीक्षणका क्रममा ४० वर्षमाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकता अनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

    आजदेखि सुरु भएको शिविरमासमेत मोतियाविन्दुका बिरामीको पहिचान र उपचार हुनेछ भने भोलिदेखि शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।

    नेत्रज्योति संघ ताप्लेजुङले यसअघि पनि निःशुल्क आँखा शिविर संचालन गर्दै आइरहेको छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend