काठमाडौँ। विनयतारा फाउण्डेसनले जनकपुरमा सञ्चालित २५ शय्याको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर स्तरोन्नति गरी दुई सय शय्याको बनाउने भएको छ । फाउण्डेसनका अध्यक्ष डा विनय साहले यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले अस्पताल निर्माणको अनुमति, आवश्यक जग्गा र सुरुवाती लगानी सुनिश्चित भइसकेको समेत बताए ।
उहाँले सन् २०२४ देखि नै भवन निर्माण सुरु हुने बबताए । नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर क्यान्सर उपचार केन्द्र भवन निर्माण गर्न लागिएको उनको भनाइ छ । विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा वाइपी सिंहले हरेक वर्ष कम्तीमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल भवन सुरु गरिएको बताए ।
सन् २०१८ देखि सञ्चालनमा रहेको २५ शय्याको क्यान्सर सेन्टरमा अहिले अस्पताल किमोथेरापी, सर्जरी, सघन उपचार कक्ष (आइसियु) सहितको उपचार सेवा उपलब्ध छ ।रासस