मन्थली । रामेछाप जिल्ला अस्पताल रामेछापमा आइतबार संचालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा केशव श्रेष्ठका अनुसार सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गगांलाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गगांलाल अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।
शिविरमा एक सय जनाको मुटुको भिडियो एक्सरे, एक सय १५ जनाको इसिजी र एक सय १८ जनाको मुटु परीक्षण गरिएको जिल्ला अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम पाख्रिनले बताए । दश जना मुटुरोगीलाई भने थप उपचारका लागि गगांलाल अस्पताल सिफारिस गरिएको छ ।
शिविरको उद्घाटन नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा सशाकं कोइरालाले गरेका थिए । उद्घाटनका क्रममा उनले यस्ता शिविरले धेरै नागरिकलाई फाइदा पुग्ने भएकाले देशभर संचालन गर्नुपर्नेमा जोड दिए । रासस