काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रुपैँया १ हजार छ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रुपैँया १ लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रुपैँया १ लाख ३१ हजार ६ सय कायम भएको छ ।
यस्तै, तेजाबी सुन आइतबार रुपैँया १ लाख २९ हजार ४ सयमा कारोबार भएकामा आजका लागि भने रुपैँया १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रुपैँया १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला रुपैँया १ हजार ५ सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।