काठमाडौँ । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। हिजोको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ।
हिजो तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३ सय
रुपैयाँ बढेको छ। चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला १६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कायम भएको छ।