काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । अब सन्दीप पक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् ।
हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बजेबाट बहस सुरू भएको हो ।
अहिले सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्नेछन् । त्यसपछि फैसलाको प्रक्रियामा जानेछ ।