काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सबै प्रक्रिया सकेर केही बेरमा फैसला आउने तयार भएको छ ।
अहिले उच्च अदालत पाटनमा सन्दीप लामिछानेका सर्मथकहरुको बाक्लो उपस्थिती रहेको छ ।
उक्त मुद्दाको फैसलाका विषयमा अहिले विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । आज दुवैतर्फबाट बहस सकिएपछि न्यायाधीशले सीसीटीभी फुटेज देखाउन आदेश गरेका थिए ।
न्यायाधीशले सबै प्रक्रिया सकेकाले अब केही बेरमै फैसला आउने उच्च अदालत पाटन स्रोतले सुनौलो नेपाललाई बतायो ।
स्रोतका अनुसार सन्दीप र गौशाला २६ होटलभित्र पसेको र बाहिरिएको फुटेज यायाधीशहरुले हेरेका छन् ।