logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सन्दीप लामिछानेको बलात्कार मुद्धा : उच्चले यसरी उल्ट्यायो जिल्ला अदालतको फैसला

    सन्दीप लामिछानेको बलात्कार मुद्धा : उच्चले यसरी उल्ट्यायो जिल्ला अदालतको फैसला

    1.9K
    Shares
    सन्दीप लामिछानेको बलात्कार मुद्धा : उच्चले यसरी उल्ट्यायो जिल्ला अदालतको फैसला

    काठमाडौँ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले आज सफाइ दिएको छ ।

    उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई आज निर्दोष ठहर गरि सफाई दिएको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गएको पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो । ढकालकै इजलासले लामिछानेलाई जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसहित ८ वर्षको जेल सजाय तोकेको थियो । इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको थियो ।

    यसैगरी पीडित नाबालिग भनि गरिएको दाबी पनि अदालतले विभिन्न कागजातको आधारमा त्यसैबेला अस्वीकार गरेको थियो । २०७९ भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले सन्दीप बिरुद्ध बलात्कार मुद्दा दायर गरेको थियो ।

    जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बनमा राखेको थियो । उच्च अदालतको आजको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी–२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend