logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एपीएफले दियो सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

    एपीएफले दियो सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

    1.1K
    Shares
    एपीएफले दियो सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

    काठमाडौं । ललितपुर मेयर्स वुमन्स टी–२० च्याम्पियनसिपको फाइनलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ । सीता रानामगर र राजमति ऐरीको अर्धशतक हाने ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४ विकेट गुमाएर १५५ रन बनायो ।

    एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् ।

    ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।

    सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक–एक विकेट लिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend