logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • टी–२० विश्वकपमा नामिबियासँग सुपर ओभरमा ओमान पराजित

    टी–२० विश्वकपमा नामिबियासँग सुपर ओभरमा ओमान पराजित

    924
    Shares
    टी–२० विश्वकपमा नामिबियासँग सुपर ओभरमा ओमान पराजित

    काठमाडाैं । नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो ।

    यसअघि सन् २०१२ मा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच टी–२० विश्वकपमा अन्तिम सुपर ओभर खेलिएको थियो । यो खेल वेस्ट इन्डिजले जितेको थियो।

    सोमबार बिहान भएको खेलमा नामिबिया र ओमान दुवैले १०९ रन बनाएका थिए

    बार्बाडोसको केन्सिङ्टन ओभलमा भएको खेलमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । जवाफमा नामिबियाले पनि २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो र खेल सुपर ओभरमा पुग्यो।

    सुपर ओभरमा डेविड विजी र कप्तान गेहार्ड इरास्मसले ब्याटिङ गरेका थिए।

    सुपर ओभरमा नामिवियाले ६ बलमा २१ रन बनाएको थियो । जितको लागि २२ रन आवश्यक रहेको ओमानले १० रन दिएर एक विकेट मात्र लियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend