काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक सेयर बिक्री गर्न लागेको छ । संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि सेयर खरिद गर्न आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुकले ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा प्रस्ताव पेश गर्नुपर्ने छ । सेयर खरिद संख्या र मूल्य खुलाई आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।