काठमाडौं । कुमारी बैंकको ठूला संख्या संस्थापक सेयर बिक्री गर्न लागिएको छ । बैंकमा रहेको ४५ लाख ५७ हजार ९ सय १२ कित्ता संस्थापक सेयर बिक्री हुन लागेको हो ।
संस्थापक सेयरको न्यूनतम् मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । संस्थापक सेयर खरिद गर्ने व्यक्ति तथा संस्थाले असार ३ गतेभित्र शिलबन्दी बोलपत्र कुमारी क्यापिटल लिमिटेडमा पेश गर्न बैंकले भनेको छ ।
बोलपत्र पेश गर्ने समय सोमबारदेखि खुला भएको छ । न्यूनतम १ लाख कित्ता र लिलामीमा राखिएका सबै कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
कुमारीमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसिसी) बैंक मर्ज भएको हो । कुमारीको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ छ ।