logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायो : सांसद कंसाकार

    जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायो : सांसद कंसाकार

    644
    Shares
    जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायो : सांसद कंसाकार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता भएको बताएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् । उनले जलनबाट घाइते हुनेहरुको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टी जनाइन् । उनले जलन मानवको सृष्टिसँगै शुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भएपनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताइन् ।

    उनले आफँैले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताइन् । उनले प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुःखी तुल्याएको बताइन् । उनले सरकारका अस्पतालहरुमा जलन कक्ष भए पनि प्रर्याप्त नभएको बताइन् । उनले जलनको उपचार धेरै महँगो भएकाले जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै रहेको बताइन् ।

    उनले भनिन्,‘ सरकारले जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट गर्दछु। जलनबाट घाइते हुनेहरुको संख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा जेष्ठ नागरिकको सख्या धेरै छ । जलन मानवको सृष्टिसँगै शुरु भएको दुर्घटना परम्परा हो । कहिले काँही अपराधमार्फत पनि हुन्छ तर अधिकांश जलन दुर्घटनाबाट हुन्छ । त्यसको पीडा शब्दमा वर्णन गर्न सकिँदैन । आफैले जलनको पीडा भोगेकाले राम्रोसँग बुझेको छुु ।

    प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भनेको तर बजेटका त्यो प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुखी तुल्याएको छ । सरकारका अस्पतालहरुमा जलन कक्ष भए पनि पर्याप्त छैनन् । जलनको उपचार धेरै महँगो छ । जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै छन् । अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानविय पीडालाई सम्बोधन नगर्ने ?काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? यस्तो संवेदनशिल विषय बजेटमा नसमेट्नु लज्जास्पत मात्रै नभएर अमानवियता हो ।’

    उनले अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानविय पीडालाई सम्बोधन नगर्ने र काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? भन्दै प्रश्न गरिन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend