काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद चौधरीले चुरे क्षेत्रको वन मासिँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको उचित संरक्षणमा ध्यान पु¥याउन पनि सरकारलाई दबाब दिए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तराई मधेसको ठूलो र उत्कृष्ट कार्यक्रम भएपनि त्यो विगत ५/७ वर्षदेखि राम्रो हुन नसकेको सांसद चौधरीको भनाई थियो । उनले तराई/मधेसको भारतसँगको सीमा क्षेत्रमा एनटिसीको मोबाईल सेवा टिप्न नसकेको गुनासो गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद चौधरीले भने, ‘चुरे अहिले दिनप्रतिदिन मासिदै गएको छ । त्यसकारण यसमापनि सरकारले ध्यान दिनुपर्छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तराई मधेसको ठूलो कार्यक्रम र निकै नै उत्कृष्ट कार्यक्रम थियो । तर यो ५/७ वर्षदेखि त्यो कार्यक्रम दिनप्रतिदिन राम्रो भईराखेको छैन । यतातिर म वनमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । तराई मधेशको बोर्डर एरियामा टेलिफोन लागिराखेको छैन । एनसेलको पकड बढी देखिन्छ । एनटिसीको पकड कम छ । त्यतातिर पनि ध्यान दिन आग्रह गर्दछु ।’
सांसद चौधरीले एनसिटी मोबाईल सेवा सहज ढंगले संचालन हुने वातावरण बनाउने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताए ।