logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • एसएसबीकाे दादागिरी : नेपालभित्रै प्रवेश गरेर सन्चारकर्मीहरु को क्यामेरा खोस्यो, प्रहरीमाथि पनि हातपात

    एसएसबीकाे दादागिरी : नेपालभित्रै प्रवेश गरेर सन्चारकर्मीहरु को क्यामेरा खोस्यो, प्रहरीमाथि पनि हातपात

    2.1K
    Shares

    दार्चुला : रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दुर्व्यवहार गरेकाे छ । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका सन्चारकर्मीहरु क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खाेसेका छन् ।

    भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दुर्व्यवहार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दुर्व्यवहार गरेको हो । अहिले त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ, जान दिएइको छैन ।

    दर्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सुरक्षकर्मीबाट कुटिएका छन् । ‘त्यहाँ हाम्रो सुरक्षकर्मी पनि खटिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कुटिएको छ, जोशीले सुनौलो नेपाललाई बताए । उहाँले बिहानैदेखि नै त्यहाँ पत्रकारहरू खटिएकाे पनि जानकारी दिनुभयाे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

    नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आक्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend