logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • मेलम्ची खानेपानी आयोजनालाई एडिविद्वारा २ अर्ब अनुदान

    मेलम्ची खानेपानी आयोजनालाई एडिविद्वारा २ अर्ब अनुदान

    777
    Shares
    मेलम्ची खानेपानी आयोजनालाई एडिविद्वारा २ अर्ब अनुदान

    काठमाडौं । एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिएकाे छ भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब बढी रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

    बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीेले २ अर्ब भन्दा बढी नेपाली रुपैया अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए ।

    उनले भने, ‘एडिबीले आफुले लगानी गरेको छ । आफैँले अध्ययन गराएको छ । उसको यति धेरै लगानी भईसक्यो । उसले पनि त आफ्नो लगानी त्यतिकै खेर फाल्न चाहदैन । उसले गराएको अध्ययनमा माथि रकबेल्ड छ । त्यसमा रड खोपेर एंगल मिलाएर पानी पठाउने भनेको छ । साथै एडिबीले अहिले हामीलाई २ अर्ब भन्दा बढी ग्राण्ड दिएको छ । हाम्रो ड्यामेज ९० करोडको हो । उसले तपाईहरुको ड्यामेज भयो हामी २ अर्ब दिन्छौँ भन्यो । हामीले त्यो सुविधा लिने कि नलिने ? हाम्रो खर्च ४ अर्ब होला आधा त कभर गरिदियो नि । बाँकी २ अर्ब त हामी १/२ वर्षमा उठाईदिहाल्छौँ नि काठमाडौंमा पानी जान थालेपछि त ।’

    २ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसंगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।

    याे पनि :

    साढे ३ अर्बमा मेलम्ची आयोजनाको हेडबक्स सार्ने काम शुरु, बाह्रैमास कहिले आउला पानी ?

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend