logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मोर्डनकन्या कलेजमा भानुजयन्ती

    मोर्डनकन्या कलेजमा भानुजयन्ती

    1.6K
    Shares
    मोर्डनकन्या कलेजमा भानुजयन्ती

    काठमाडौँ । मुलुकका पुराना साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धा व्यक्त गरेका छन् ।

    भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा दुई सय ११औँ  भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकारहरुले आदिकविको तस्वीरमा माल्यार्पण गर्नुका साथै उनको योगदान र परिचय दिलाउने कविता वाचन गरे ।

    त्यसअवसरमा साहित्यकार शैलेन्द्र साकार, डा रामप्रसाद दाहाल, रामप्रसाद पन्त, कृष्ण बाउसे, निर्मल पराजुली, विदुर उप्रेती र कलेजका प्राचार्य सविन पोख्रेलले भानुभक्तका रचनाले नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाध्न पुर्याएको योगदानको चर्चा गरे ।

    भानुभक्तले भाषिक एकीकरण नगरिदिएको भए संसारमा नेपाली भाषा आजको स्तरमा समृद्ध हुन सक्दैनथ्यो भन्दै उनीहरुले नेपाली भाषालाई सरलता तुल्याएर आदिकवि सधैँ समृतिमा रहने बताए ।

    कार्यक्रममा भानुजयन्तीका अवसरमा कलेजद्वारा आयोजित कविता प्रतियोगीताका विजयी छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा छात्राहरु रेणुका कँडेल, शर्मिला कार्की, जमुना बस्नेत, युरिसा रिजाल र अनुपा भुजेलले पनि कविता वाचन गरे ।

    नेपालमा मात्र नभई नेपालीभाषी बसोबास रहेका प्रवासमा पनि आज विभिन्न कार्यक्रमगरी भानुजयन्ती मनाउने गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend