logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात

    गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात

    518
    Shares
    गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको छ । बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको लागू हुने गरी शुभारम्भ गरेको हो ।

    यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले भीम र फोन पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्नेछन् ।

    बैंकले यो सेवा छिटो, छरितो र भरपर्दो रुपमा उपलब्ध गराउन आफ्ना व्यवसायिक ग्राहकसँग सहकार्य गरेको हो । यस प्रकारका सेवाहरूले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा बैंकले राखेको छ ।

    काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम एवं विभिन्न डिजिटल बैकिङ माध्यमबाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend