logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तीन लाख बढी पर्यटनकले घुमे चितवन राष्ट्रिय निकुञ्ज

    तीन लाख बढी पर्यटनकले घुमे चितवन राष्ट्रिय निकुञ्ज

    287
    Shares
    तीन लाख बढी पर्यटनकले घुमे चितवन राष्ट्रिय निकुञ्ज

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार तीन सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।

    आव २०७९/८० मा दुई लाख पाँच हजार ६ सय पाँच आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए । गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ तथा आव २०७९/८० मा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए ।

    अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९/८० मा ५५ हजार आठ सय ७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

    गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ । सूचना अधिकारी तिवारीका अनुसार गत आवमा पर्या–पर्यटनबाट ३० करोड ५७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    अघिल्लो आवमा यो रकम २२ करोड ९४ लाख रुपैयाँ रहेको थियो । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व रुपैयाँ सङ्कलन भएको थियो । आव २०७६/७७ मा  १९ करोड ९२ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । सो आवमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्याङ्क छ । सो आवमा एक लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आव २०३२/३३ मा दुई हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा दुई लाख एक हजार रुपैयाँ राजस्व सङ्कन भएको थियो ।

    सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताइन । भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरीन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend