logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • पर्यटनमन्त्री पाण्डेद्वारा पर्यटन व्यवसायी श्रेष्ठलाई श्रद्धाञ्जली

    पर्यटनमन्त्री पाण्डेद्वारा पर्यटन व्यवसायी श्रेष्ठलाई श्रद्धाञ्जली

    420
    Shares
    पर्यटनमन्त्री पाण्डेद्वारा पर्यटन व्यवसायी श्रेष्ठलाई श्रद्धाञ्जली

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठलाई श्रद्धाञ्जति अर्पण गरेका छन् ।

    आज बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा मन्त्री पाण्डेले दिवङ्गत श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पणगरी श्रद्धाञ्जलिव्यक्त गरेका थिए । सोही क्रममा मन्त्री पौडेलले द्वारिकाज होटलमा राखिएको शोक पुस्तिकामार्फत स्वर्गीय श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरे ।

    मन्त्री पाण्डेले स्वर्गीय अम्बिका श्रेष्ठका परिवारलाई समवेदना समेत प्रकट गरेका थिए । सोही अवसरमा मन्त्री पाण्डेले स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।

    लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान करिब ८ बजे निधन भएको थियो । स्वर्गीय श्रेष्ठको आजै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिने उनको पारिवारले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend