logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एनआईसी एसिया बैंक २७औं वर्षमा, पहिलो रोजाईको बैंक बन्न सफल

    एनआईसी एसिया बैंक २७औं वर्षमा, पहिलो रोजाईको बैंक बन्न सफल

    343
    Shares
    एनआईसी एसिया बैंक २७औं वर्षमा, पहिलो रोजाईको बैंक बन्न सफल

    काठमाडौं । एनआइसी एसिया बैंक आजबाट २७ वर्षमा प्रवेश गरेको छ । विभिन्न आरोह अवरोह पार गर्दै बैंक सञ्चालनको तीन दशक नजिक पुगेको छ ।

    बैंक एनआइसी एसिया सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्न सफल भएको छ । ‘दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं’ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले भने ।

    ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियामक निकायहरू, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाहरूलाई बैंकले धन्यवाद दिएको छ ।

    आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बन्ने अठोट बैंकले गरेको छ ।

    डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १८ विस्तारित काउन्टर एवम् ५१ वटा शाखारहित शाखा सञ्जालबाट लाखौं ग्राहक माझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा एनआइसी एसिया बैंक जोडिएको छ ।

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको जानकारी बैंकले दिएको छ ।

    बैंकले २६ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई तिरेको छ । यस्तै गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई बुझाएको जानकारी बैंकले दिएको छ ।

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend