logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने

    ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने

    315
    Shares
    ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई सिइओ बनाउने निर्णय गरेको हो। बैंकका सिइओ रत्नराज बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन्।

    उनलाई रेग्मीले प्रतिस्थापन गर्ने भएका छन् । आउँदो भदौ १ गतेदेखि सिइओको जिम्मेबारी सम्हाल्ने भएका छन्।उनी तीन वर्षअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

    रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीएसम्मको अध्ययन पुरा गरेका छन् ।

    ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend