logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पर्यटन समिति सभापति र सांसद किराँतीबीच बैठकमै झगडा

    पर्यटन समिति सभापति र सांसद किराँतीबीच बैठकमै झगडा

    581
    Shares
    पर्यटन समिति सभापति र सांसद किराँतीबीच बैठकमै झगडा

    काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र) का सांसदबीच भनाभन भएको छ ।

    बिहीबारको समितिको बैठकमा सभापति यादवले सांसद सुदन किराँतीलाई बोल्न समय दिएका थिए । बैठकमा सांसद किराँतीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले ।

    सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गरे । सभापतिको आग्रहपछि किराँतीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।

    सभापति यादव र सांसद किराँतीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः

    सुदन किराँतीः ….हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ । …
    सभापतिः मान्य ज्यु एक पटक समयको …
    सुदन किराँतीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न ।
    सभापतिः टेक्निकल कुरा राखौँ
    सुदन किराँतीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे ।
    सुदन किराँतीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाँज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ ? म सक्दिन नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यु । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।

    सभापतिः यहाँ टेक्निकल विषयमा वहस हुने हो ।
    सुदन किराँतीः राजनीतिक मान्छेले के गर्छ त ?
    सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न ।
    सुदन किराँतीः केमा गर्दैछु त म ।
    सभापतिः तपाईं राजनीति …
    सुदन किराँतीः सभापतिज्यु तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु ।
    सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ ।
    सुदन किराँतीः एजेण्डा किन राख्नुभएको त ?
    सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न ।
    सुदन किराँतीः म विषय भन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो ।
    सभापतिः मान्यज्यु तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ….
    सुदन किराँतीः तपाईं यहाँ दोहोर संपाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ।

    सभापतिः तपाईं यहाँ …..
    सुदन किराँतीः एजेण्डामा हामी बोल्न नपाउने ? के हो यो ?
    सभापतिः तपाईंलाई…
    सुदन किराँतीः तपाईं हठी की म हठी ?
    सभापतिः म कुरै ।
    सुदन किराँतीः फेरेर कुरा गर्नुहुन्छ ।
    सभापतिः तपाईं समयलाई ध्यान दिनु ।
    सुदन किराँतीः सभापतिज्यु कोर्डिनेशन गर्नुस् ।
    सभापतिः होइन, समयलाई त ध्यान दिनु…
    सुदन किराँतीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४/४ वटा गर्नुभयो त ।

    सभापतिः किन गरिँदैन ।
    सुदन किराँतीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ।
    सभापतिः विषयमा राख्नुस् न ।
    सुदन किराँतीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको ।
    सभापतिः विषयमा राख्नुस् न ।
    सुदन किराँतीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ ।

    सुदन किराँतीः तपाईंको पनि ….टेप लाएर…
    सभापतिः मान्य हरि उप्रेतीलाई ….
    हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई ।
    सुदन किराँतीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।
    हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यु ।
    सुदन किराँतीः म बस्दिन ।

    हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति ।
    सुदन किराँती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुप¥यो नि ।
    हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो…
    सुदन किराँतीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ?
    सांसदहरुः बसौँ न मान्य ज्यु ।
    हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त ।
    सुदन किराँतीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो ।
    सुदन किराँतीः म त छोट्याउँदै थिएँ ।
    सभापतिः यसलाई कन्टिन्यु गरौँ ।

    सुदन किराँतीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने ।
    सभापतिः बसौँ बसौँ ।
    सुदन किराँतीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो ।
    सुदन किराँतीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् ।
    सुदन किराँतीः तपाईं दाइने झर्यो की देब्रे झर्यो हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न ।
    सभापतिः हरि उप्रेतीज्यु बोल्नुस् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend