काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी कर्जा विस्तार हुने बताएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले साढे ५ प्रतिशत मुद्रास्फिती कायम राख्ने बताए ।