logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • लचिलो मौद्रिक नीति : बैंकदर र नीतिगतदर दुबै घट्यो

    लचिलो मौद्रिक नीति : बैंकदर र नीतिगतदर दुबै घट्यो

    756
    Shares
    लचिलो मौद्रिक नीति : बैंकदर र नीतिगतदर दुबै घट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमा बैंकदरलाई घटाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर सिमा ६.५ प्रतिशत कायम गरेको जानकारी दिए । यसअघि बैंकदरको माथिल्लो सीमा ७ प्रतिशत थियो । केन्द्रीय बैंकले नीतिगत दरलाई घटाएर ५ प्रतिशत कायम गरेको छ । यसअघि नीतिगत दर साढे ५ प्रतिशत थियो ।

    यसैगरी ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको छ ।

    बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने भएको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिईएको गभर्नर अधिकारीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend