काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधन गर्नुको औचित्यमाथि प्रश्न गरेका छन् । आईतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले वर्तमान सरकार संविधान संशोधनको उद्देश्यसहित बनेको भन्दै संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।
उनले जनतालाई अहिले दिगो विकास चाहिएको भन्दै विकास गर्नका लागि संविधानले नरोकेको बताए । उनले देश विकासको मोडलको बारेमा छलफल गर्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले स्पष्ट बहुमत ल्याउनका लागि पनि संविधानले नरोकेको बताए । उनले संविधानको कारणले देशको विकास पछि नपरेको भन्दै यसको औचित्य स्पष्ट पार्न आग्रह गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा प्रधानमन्त्री हुँदा पनि विकासको कुनै मोडल ल्याउन नसकेको बताए ।