काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् । बुधबार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् ।
सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनियताको शपथग्रहण गराएका थिए । डा. आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी थिइन् ।
शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।