logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीको प्रश्न – गरिवी र अभावले तड्पिएर जनता रोइरहेका बेला म कसरी भ्रष्टाचार गर्नसक्छु ?

    प्रधानमन्त्री ओलीको प्रश्न – गरिवी र अभावले तड्पिएर जनता रोइरहेका बेला म कसरी भ्रष्टाचार गर्नसक्छु ?

    567
    Shares
    प्रधानमन्त्री ओलीको प्रश्न – गरिवी र अभावले तड्पिएर जनता रोइरहेका बेला म कसरी भ्रष्टाचार गर्नसक्छु ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पति हिनामिना नगर्ने बताएका छन् । लायन्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिवद्धतासमेत दोहोर्याए ।

    देशलाई सुशासन, तिब्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए ।

    गरिवी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्नसक्छु ? भनि प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे । उनले आफूले जनताले गरिवी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गरे ।

    प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए ।

    उनले भने, ‘गरिवी छ । बालबालिकाहरु खाना नपाएर भोकले तड्पिरहेका छन् । चिन्ताको विषय यो हो । म ती बच्चाबच्चीहरुले खाना नपाएर रोएको देख्दा आँखामा आँशु आउँछ । म राष्ट्रको सम्पती, सार्वजनिक सम्पती आफ्नो खल्तीमा सार्नसक्छु ? म सक्दिन । त्यसकारण म भ्रष्टाचार गर्दिन । मलाई लाग्छ ।

    म एउटा पोलिटिक्स गर्ने मान्छे । तर लायन्ससँग मेरो भावना मिल्छ । मलाई राज्यबाट केही लिनुछैन । राज्यलाई सुव्यवस्था कसरी दिन सकिन्छ ? उत्पादन, उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ ? जनतामा आम्दानीको स्रोत कसरी खडा गर्ने, उद्यमशीलता, रोजगारी आदिबाट । र हामीले पछिल्लो नेपाललाई विकसित नेपाल, अविकसित नेपाललाई विकसित नेपाल बनाउनु छ ।

    अस्ती संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई मैले भने–मेरो सबैभन्दा ठूलो चासोको विषय निरपेक्ष गरिवीको रेखामुनि रहेर, खाना लगाउन नपाएर तड्पीएका बालबालिकाहरु हुन् । त्यस्तै पीडा भोगेका जनता हुन । आफ्नो छोराछोरीले भोकले रुँदाखेरी केही दिन नसक्ने र तड्पिनुपर्ने आमाबुबाको मन कस्तो हुँदो हो ? हो त्यही परिवर्तन गर्नुछ हामीले ।

    त्यसका निम्ति सुशासन दिनुछ । विकासको गतिलाई तिव्र ढंगले अघि बढाउनुछ । र देशलाई समृद्ध बनाउनु छ । आधुनिक बनाउनु छ, विकसित बनाउनु छ । र जैविक र मानवीय आवश्यकको सहज पहुँचमा मानिसहरुलाई पुर्याउनुछ ।’

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले लायन्सले मानवीय सेवाको क्षेत्रमा गर्दै आएको कामको पनि खुलेर प्रशंशा गरे । उनले लायन्सले इमान्दार भएर मानवीय सेवाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै त्यसमा आफ्नो पनि सदैव साथ रहने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend