logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गोदावरी नगरपालिका मेयरले पाए भ्रष्टाचार मुद्दामा सफाइ

    गोदावरी नगरपालिका मेयरले पाए भ्रष्टाचार मुद्दामा सफाइ

    819
    Shares
    गोदावरी नगरपालिका मेयरले पाए भ्रष्टाचार मुद्दामा सफाइ

    काठमाडौँ । ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

    विशेष अदालतले बुधबार यससम्बन्धी पाँच मुद्दामा फैसला गर्दै भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयरसहित सबैलाई सफाइ दिने फैसला सुनाएको हो ।

    यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाले दाबी नपुग्ने फैसला सुनाएका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ जेठमा गोदावरीका मेयर महर्जनसमेतलाई प्रतिवादी बनाउँदै पाँचवटा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०७५/७६ देखि नै वार्षिक रूपमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको थियो ।

    सबै मुद्दामा गरी एक अर्ब रुपैयाँ बिगो निर्धारण गरी मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो ।

    विशेष अदालतले गोदावरी नगरपालिकाले कानुन बनाएर नदीजन्य पदार्थमा बागमती प्रदेशसभाले बनाएको कानुन भन्दा घटी कर निर्धारण गरेको भन्दै यो संवैधानिक व्याख्याको प्रश्न रहेको ठहर गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २१ जेठमा मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    1

    2

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend