logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फोन पे र बस्किन रोबिन्सको सहकार्यमा ‘फोन ट्याग स्कुप एन्ड सेभ’ घोषणा

    फोन पे र बस्किन रोबिन्सको सहकार्यमा ‘फोन ट्याग स्कुप एन्ड सेभ’ घोषणा

    196
    Shares
    फोन पे र बस्किन रोबिन्सको सहकार्यमा ‘फोन ट्याग स्कुप एन्ड सेभ’ घोषणा

    काठमाडौं । ‘फोन पे’ ले लोकप्रिय आइसक्रिम ब्रान्ड बस्किन-रोबिन्ससँगको सहकार्यमा ‘फोन ट्याग स्कुप एन्ड सेभ’ को घोषणा गरेको छ ।

    २५ अगस्तदेखि सुरु भएको फोन ट्याग स्कुप एन्ड सेभ अभियानले कन्ट्याक्टलेस पेमेन्टका फाइदालाई एक आकर्षक अफर मार्फत प्रकाशमा ल्याउन लक्ष्य लिएको फोन पेले जनाएको छ ।

    फोन ट्याग मार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक अर्थात २०० रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।

    यो सीमित समयको प्रस्ताव प्राप्त गर्नका लागि ग्राहकले फोनपे एप वा फोन ट्याग सक्षम मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।

    यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्ने र इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्यालाई हटाउनुका साथै भुक्तानीलाई छिटो र सजिलो बनाउने ‘फोन पे’ ले जनाएको छ ।

    बास्किन-रोबिन्स आउटलेटहरू बूढानीलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, थमेल, दरबारमार्ग, आइप्लेक्स मल (मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपुल (पोखरा), बुटवल, वीरगञ्ज, विराटनगर, हेटौंडा र भैंसेपाटीमा यो सेवा उपलब्ध हुने ‘फोन पे’ ले जनाएको छ ।

    ‘फोन ट्याग नेपालमा भुक्तानी प्रविधिमा एक महत्त्वपूर्ण कदम हो, जसले प्रयोगकर्तालाई सजिलै कन्ट्याक्टलेस पेमेन्ट गर्न सक्षम बनाउँछ, सुविधाजनकता र पहुँच दुवैमा सुधार ल्याउँछ,’ ‘फोन पे’ का प्रमुख रणनीति अधिकारी सुभोद शर्माले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend