काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।
अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलव २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रश्ताव राखेका हुन् । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रश्ताव बहुमतले पारित भएको छ ।
हाल महासचिव किरण राईको १ लाख २० हजार मासिक तलब रहेको थियो । बैठकले राष्ट्रिय खेलाडीको तलव १८ हजार रुपैयाँ बाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ ।
महासचिव किरण राईले तलव वृद्धिको विषयमा भने बोल्न चाहेनन् । बैठक सकिएको छैन । बैठकबीच प्रवक्ता सुरेश शाहले तलव वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ ।
उनको नेतृत्वमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठक मंगबार बिहान पौने ११ बजे शुरु भएको थियो ।
राती सम्म चलेको बैठक बिहीबार बिहान सम्मका लागि स्थगित भएको छ । बुधबार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बैठक स्थगित भएको हो । बिहीबार बैठक जारी रहने प्रवता शाहले बताए ।