काठमाडौं । टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले प्रोत्साहन भत्ता दिने भएको छ ।
बिहीबार बसेको क्यान कार्यसमितिको बैठकले टी–२० विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
क्यानको निर्णयअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउने छन् । त्यस्तै, अन्य सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।