logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

    जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

    378
    Shares
    जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

    टोकियो, एएफपी । जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमहिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

    सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।

    स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ ।

    तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ ।

    विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend