logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन गर्ने रायसहित उच्चले पठायो फाइल

    क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन गर्ने रायसहित उच्चले पठायो फाइल

    756
    Shares
    क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन गर्ने रायसहित उच्चले पठायो फाइल

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ ।

    उच्च सरकारी वकिलको कार्यालय, पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने राय दिएको हो ।

    उच्च सरकारी वकिल कार्यालय स्रोतका अनुसार आइतबार नै फाइल महान्यायाधिवक्ताकोमा पठाएको हो ।

    स्रोतका अनुसार उच्च अदालत पाटनबाट भएको फैसला सच्याउन सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन हामीले महान्यायाधिवक्ता कार्यालयमा पठाइएको छ । प्रतिवेदन अध्ययन गरी महान्यायाधिवक्ता कार्यालयले थप निर्णय लिनेछ ।

    क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन नगर्न आग्रह गर्दै पीडित गौशाला २६ ले उच्च सरकारी वकिलको कार्यालय पाटनमा निवेदन दिएकी थिइन् ।

    सरकारी वकिलहरुले पुनरावेदनको रायमा निवेदनवारे केही उल्लेख गरेका छैनन् । तर, उक्त निवेदन पनि रायको फाइलसँगै राखेर महान्यायाधिवक्ता कार्यालयमा पठाएका छन् ।

    पीडितले आफू न्यायको लडाइँमा अल्झिएर नबस्ने र शान्त जीवन बाँच्न चाहेको भन्दै निवेदन दिए पनि उच्च सरकारी वकिल कार्यालय पाटनले भने मुद्दा चलाउनुपर्ने रायसहित महान्यायाधिवक्तामा फाइल पठाएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend