logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • २ हजार दरका भारु ९७.९६ प्रतिशत फिर्ता, अझै साढे ७२ अर्ब जनतासँग

    २ हजार दरका भारु ९७.९६ प्रतिशत फिर्ता, अझै साढे ७२ अर्ब जनतासँग

    406
    Shares
    २ हजार दरका भारु ९७.९६ प्रतिशत फिर्ता, अझै साढे ७२ अर्ब जनतासँग

    एजेन्सी । दुई हजार दरका ९७.९६ प्रतिशत भारु नोट बैंकिङ प्रणालीमा फिर्ता भएको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) ले सो बराबर रकम प्रणालीमा फिर्ता भएको जानकारी दिएको छ । अझै ७२ अर्ब ६१ करोड भारु जनतासँग छ ।

    आरबिआइले २०२३ मेमा २ हजार भारु दरका बैंक नोट चलनचल्तिबाट हटाउने घोषणा गरेको थियो । चलनचल्तिमा रहेको २ हजार भारु नोटको कुल मूल्य, ३.५६ लाख करोड भारु थियो । जुन अगस्टमा कारोबारको अन्त्यमा ७२ अर्ब ६१ करोड भारुमा झरेको आरबिआइले जनाएको छ ।

    २ हजार भारु दरका बैंक नोट साट्ने सुविधा २०२३ को अक्टुबर ७ सम्म देशका सबै बैंक शाखाहरूमा उपलब्ध थियो ।

    २ हजार दरका नोट साट्ने सुविधा रिजर्भ बैंकका १९ वटा निष्कासन कार्यालयमा २०२३ मेदेखि उपलब्ध गराएको थियो ।

    २०२३ अक्टोबर ९ देखि आरबिआईको कार्यालयहरूले पनि व्यक्ति र संस्थाहरूबाट उनीहरूको बैंक खातामा जम्मा गर्न २ हजार भारु बैंक नोटहरू स्वीकार गर्दैछन् । बैंक नोटहरू जम्मा गर्ने÷साट्ने आरबिआईका १९ कार्यालयहरू अहमदाबाद, बेंगलुरु, बेलापुर, भोपाल, भुवनेश्वर, चण्डीगढ, चेन्नई, गुवाहाटी, हैदराबाद, जयपुर, जम्मू, कानपुर, कोलकाता, लखनऊ, मुम्बई, नागपुर, नयाँ दिल्ली, पटना र तिरुवनन्तपुरममा छन् ।

    नरेन्द्र मोदी सरकारले कालोधन पत्ता लगाउन २०१६ मा नोटबन्दी गरेको थियो । मोदी सरकारले २०१६ मा १ हजार र ५ सय दरका नोटलाई प्रतिवन्ध लगाएको थियो । तत्कालीन प्रचलित १ हजार र ५ सय दरका नोटहरू निरुत्साहित भएपछि सन् २०१६ नोभेम्बरमा २ हजार दरका नयाँ नोट बजारमा चलनचल्तिमा आएको थियो ।

    अहिले २ हजार दरका नोट पनि आरबिआइले प्रतिवन्ध लगाएर बजारबाट खिचिरहेको छ । नोटबन्दीका क्रममा ५ सय र १ हजार दरका ९९ प्रतिशत बढी नोट फिर्ता भएको आरबिआइले जनाएको छ । नोटबन्दी नीतिका कारण भारतीय बैंकिङ प्रणालीमा अधिकाँश रकम आएपछि बैंकमा लगानीयोग्य पुँजी (तरलता) को समस्या समाधान भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend