logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • चिनियाँ सामान विरुद्ध अमेरिका, इभीमा अर्बौं डलरको शुल्क वृद्धि

    चिनियाँ सामान विरुद्ध अमेरिका, इभीमा अर्बौं डलरको शुल्क वृद्धि

    1.1K
    Shares
    चिनियाँ सामान विरुद्ध अमेरिका, इभीमा अर्बौं डलरको शुल्क वृद्धि

    वासिङ्टन, एएफपी । अमेरिकाले शुक्रबार चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ । यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क र इभी बेट्रीमा २५ प्रतिशत शुल्क दुई सातापछि लागु हुनेछ ।

    ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै मे महिनामा भारी शुल्क वृद्धिको घोषणा गरेको थियो । अमेरिकाले उक्त कदमको बेइजिङबाट कठोर प्रतिक्रिया प्राप्त गरेको थियो ।

    शुल्क वृद्धिको घोषणा अमेरिकामा नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि आएको छ । दुवै मुलुकबीच प्रतिस्पर्धा तीव्र भएको बेला डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीले चीनप्रति कडा अडान देखाउन खोजिरहेका छन् ।

    अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा भने, “आजको अन्तिम शुल्क वृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको जनवादी गणतन्त्र चीनको हानिकारक नीति र अभ्यासलाई लक्षित गर्नेछ ।”

    यस वर्षदेखि सुरु हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागु हुनेगरी सेमीकन्डक्टरमा पहिलाभन्दा तीव्र वृद्धि अर्थात ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ ।

    यी कार्यहरू तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा लगाइएको शुल्कको समीक्षापछि लिइएको हो । ट्रम्प प्रशासनले चीनबाट करिब तीन खर्ब डलरको सामानमा शुल्क लगाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend