logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने

    दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने

    1.4K
    Shares
    दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने

    काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आद्मी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् ।

    मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले सम्हालेकी थिइन् ।

    अहिले उनले शिक्षालगायत महत्त्वपूर्ण विभागहरू सम्हालिरहेकी छिन् ।

    अब वर्तमान मुख्यमन्त्री केजरीवालले उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने छन् ।

    १३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले १५ सेप्टेम्बरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए । अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend