logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा दिसानायको फराकिलो मतान्तर

    श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा दिसानायको फराकिलो मतान्तर

    2.8K
    Shares
    श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा दिसानायको फराकिलो मतान्तर

    काठमाडौँ । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्मको नतिजामा वामपन्थी नेता अनुरा दिसानायकेले अग्रता लिएका छन् ।

    राष्ट्रपतिका लागि शनिबार मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायकेले मतगणनाको सुरूवातदेखि नै अग्रता लिएका हुन्।

    अहिलेसम्म कुल गणना भएको मतको ४७ प्रतिशत मत दिशानायकेले प्राप्त गरेका छन्।

    विपक्षी दलका नेता साजिथ प्रेमदासाले २८ प्रतिशत र राष्ट्रपति रनिल विक्रमासिंघेले १५ प्रतिशत मत ल्याएका छन्।

    राष्ट्रपति निर्वाचित हुनका लागि कुल मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ।

    शनिबार ७० प्रतिशतले मतदान गरेका थिए। मतदान सकिएसँगै शान्तिपूर्ण ढंगले मतगणना गर्न कर्फ्यू लगाइएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend