logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    आइपिओ ल्याउन लागेको नर्भिक हस्पिटलको लोभलाग्दो लाभांश, सेयरधनीले पाउने भए ४२ प्रतिशत

    आइपिओ ल्याउन लागेको नर्भिक हस्पिटलको लोभलाग्दो लाभांश, सेयरधनीले पाउने भए ४२ प्रतिशत

    1.2K
    Shares
    आइपिओ ल्याउन लागेको नर्भिक हस्पिटलको लोभलाग्दो लाभांश, सेयरधनीले पाउने भए ४२ प्रतिशत

    काठमाडौं । निजी लगानीमा सञ्चालित नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ । नर्भिक इन्टरनेसनलले सेयरधनीलाई ४२.१ प्रतिशत लाभांश दिन लागेको हो ।

    जसमध्ये २२.१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको नर्भिकले जनाएको छ । असोज १ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

    लाभांश दिने प्रस्ताव पारित गर्न नर्भिकले असोज २३ गते साधारणसभा बोलाएको छ । बोनस सेयर दिने प्रस्ताव पारित भएपछि कम्पनीको पुँजी पनि बढ्ने भएको छ ।

    नर्भिक इन्टरनेसनलले सर्वसाधारणलाई सेयर (आइपिओ) निष्कासन गर्न लागेको छ । आइपिओ निष्कासन गर्न हस्पिटल पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । नर्भिक अस्पतालका साथै मेडिकल कलेज पनि सञ्चालनमा छ । २०२१ जुलाइ १७ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।

    नर्भिकको व्यापार ७ प्रतिशत बढेको छ । गत वर्ष २०२३ मा नर्भिक इन्टरनेसनलले १ अर्ब ९४ करोड रुपैयाँ व्यापार गरेको छ । २०२२ मा नर्भिकले १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।

    अस्पतालले २०२१ मा १ अर्ब ३६ करोड रुपैयाँ व्यापार गरेको थियो । अस्पतालले क्षमता बढाउन बैंकबाट २ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ ऋण लिएको छ ।

    नर्भिकको बलियो ब्रान्ड छवि छ । जुन यसको सञ्चालनको लामो ट्रयाक रेकर्ड र डाक्टरहरूको गुणस्तरद्वारा परिचित छ । अस्पतालले स्वदेशी र अन्तर्राष्ट्रिय बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने नर्भिक पहिलो अस्पताल हो ।

    नेपालमा परीक्षण प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबिएल) उच्च प्रविधि प्रयोगशाला सेवाहरूको साथ मान्यता र एक प्रमाणित प्याथोलोजी प्रयोगशाला छ । जसले पूर्ण प्याथोलोजिकल र डायग्नोस्टिक सुविधाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ । अस्पताल विभिन्न चिकित्सा र शल्य चिकित्सा क्षेत्रहरूमा चिकित्सा सुविधाहरू प्रदान गर्ने बहुविशेषता भएको अस्पताल हो । कार्डियोलोजीसहित विभिन्न क्षेत्रहरूमा विशेषज्ञताको साथ एकीकृत सुविधा छ ।

    यस्तै अस्पतालमा इन भिट्रो फर्टिलाइजेशन (आइभिएफ), न्यूरोलोजी, ग्यास्ट्रोएन्टेरोलजी, अर्थाेपेडिक्स, क्रिटिकल केयर, नेफ्रोलोजी र ओन्कोलोजीलगायत सुविधाहरु रहेका छन । आम्दानीको अधिकांश हिस्सा प्याथोलोजी सेवाहरू र त्यसपछि बेड शुल्कको योगदान छ । यस्तै अल्ट्रासाउन्ड, अन्य स्ट्रिमहरूमा फार्मेसी, भाडा आम्दानी, ब्याज आम्दानी रहेको छ ।

    सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए । नर्भिक अहिले मुलुककै निजी क्षेत्रको १ सय १५ बेडसहितको ‘मल्टी स्पेस्यालिटी’ हस्पिटल बनेको छ ।

    नर्भिक इन्टरनेसनलले २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ लगानीमा सेवा विस्तार थालेको छ । २०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण गरिरहेको छ । जसमा २१ प्रतिशत स्वपुँजी र ७९ प्रतिशत बैंकको ऋण लगानी छ । जसअनुसार नर्भिकले ५० करोड रुपैयाँ स्वपुँजी (इक्विटी) र बैंकको ऋण १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ परिचालन गर्ने भएको छ ।

    नर्भिकले अस्पतालको क्षमता बढाएर २ सय बेड पुर्याउने छ । नर्भिककले ओपिडी र आइपिडीका लागि क्षमता विस्तार थालेको हो । अहिले १ सय ४० बेड क्षमता छ । अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माण गरिरहेको छ । निर्माणाधीन अस्पताल आगामी सन् २०२५ मा पूरा हुने अनुमान छ ।

    अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्टूक्सन प्रालिसँग सम्झौतासमेत गरेको छ । नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ । कूल १ लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ । नर्भिकमा बिएलसी होल्डिङको ५१ प्रतिशत स्वामित्व छ भने बाँकी उद्योगपति वसन्त चौधरीको छ ।

    यो पनि : 

    नर्भिक हस्पिटलको व्यापार २ अर्ब, २.३७ अर्ब लगानीमा ८ तले भवन बनाउँदै

    नर्भिक हस्पिटल ३१औं वर्षमा, सेवा विस्तारमा साढे २ अर्ब लगानी थप्दै

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend