logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति, तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

    काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति, तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

    742
    Shares
    काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति, तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

    पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

    पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

    यसैबीच, नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ ।

    काबेली करिडोर प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend