कात्तिक ६ काठमाडौं – पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोभिड पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
संक्रमण भएपनि उनले आफूलाई कुनै लक्षण नदेखिएको बताएका छन्। उनले आफूले पछिल्लो दश दिन यता कसैलाई पनि नभेटेको पनि जनाएका छन् ।
उनले ट्विटरमा लेखेका छन्,‘मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।”