नेपालगञ्ज । नेपालगञ्ज कनक्लेभको दोस्रो संस्करण यही मंसिर २० र २१ गते हुने भएको छ ।
कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्नेछ । धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा कनक्लेभ आयोजना हुन लागेको हो ।
कनक्लेभमा आठ वटा सत्रमा छलफल गरिने निर्देशक जनक नेपालले बताए । उनका अनुसार कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगञ्जको ऊर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ ।
यसैगरी, शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारका साथै अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे पनि छलफल हुनेछ । पर्यटनसँग सम्बन्धित सत्र पनि आयोजना हुने उनले जानकारी दिए ।
नेपालगञ्ज कनक्लेभ १०औं धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा हुने भएकाले खेलकुद्लाई जोडेर ‘किन दौडिन्छ मानिस रु’ भन्ने सत्र पनि राखिएको उनले बताए छ ।