मङ्सिर ९ काठमाडौं – जनता समाजवादी पार्टी जसपा नेपालले भारतसंगका सीमा नाकाहरु तत्काल खोल्न सरकारसंग माग गरेको छ। अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले आज विज्ञप्ति जारी गर्दै सीमानाका तत्काल खोल्न माग गरेका हुन्।
लामो समयदेखि सिमानाका बन्द हुँदा सिमा क्षेत्रका नागरिकको जनजीवन कष्टकर हुने अवस्थामा पुगेको भन्दै तत्काल सिमानाका खुला गरी व्यवस्थित र सहज बनाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा सीमानाका बन्द हुँदा मुलुककै अर्थतन्त्र धरासयी बनेको र जनजीवन कष्टकर हुँदै गएको उल्लेख गरिएको छ।