logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मुख्य राजमार्गहरुको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्न आवश्यक छ : भौतिकमन्त्री दाहाल

    मुख्य राजमार्गहरुको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्न आवश्यक छ : भौतिकमन्त्री दाहाल

    203
    Shares
    मुख्य राजमार्गहरुको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्न आवश्यक छ : भौतिकमन्त्री दाहाल

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरुको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

    बुधबार सिंहदरबार स्थित भौतिक मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार, जलश्रोत, जलवायु लगायत क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले मुलुकका मुख्य राजमार्गहरुको विकल्पमा अन्य राजमार्ग बनाउन आवश्यक देखिएकाले सरकारले छलफल अगाडि बढाएको बताए ।

    उनले बाढी, पहिरोले निम्त्यिाएको विपद्पछि वैकल्पिक राजमार्ग बनाउन जरुरी देखिएको उल्लेख गरे । उनले नागढुङ्गा–मुग्लिङ सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था रहेको बताए । उनले विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक बनाउने विषयमा सरकारले सोचि रहेको बताए ।

    उनले विज्ञहरुले नदी किनारमा सडक बनाउन नहुने सुझाव दिएको भन्दै सो विषयमा सरकार गम्भिर रहेको पनि बताए ।

    उनले भने, ‘अहिले भएका राजमार्गहरुको विकल्पमा अन्य सम्भावित राजमार्गहरु निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यो विषयमा सरकारले सोचिरहेको छ । बाढी पहिरोको विपद्पछि सरकारले वैकल्पिक सडक निर्माण गर्ने विषय सोचिरहेका छौं । छलफल पनि भएको छ । नागढुङ्गा सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था छ ।

    विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक सोच्नुपर्ने भएको छ । त्यसको विषयमा पनि सोचिरहेका छौं । विज्ञहरुले नदी किनारमा सडक बनाउन नहुने भन्नुभएको छ । क्रसरहरु प्रायःसबै बगाएको छ । क्रसर बगाउँदा निर्माण सामाग्रिको अभाव हुनसक्ने कुरा आएका छन् । क्रसर आवश्यक छन् । ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी छ ।’

    उनले असोजमा आएको बाढी पहिरोले क्रसरहरु उद्योगमा ठूलो क्षति भएको भन्दै निर्माण सामाग्रिको अभाव हुनसक्ने सुझाव आएकाले क्रसर ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।

    छलफलका क्रममा विज्ञहरुले जलवायु परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गरी पूर्वाधार निर्माणका योजनाहरु बनाउन सुझाव दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend