फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ भएको छ । उनी बिहीबार कोरोना पोजेटिभ भई आइसोलेसनमा बसिरहेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कोरोना पोजेटिभ देखिएपछि उनको मंगलबारबाट सुरु हुने लेबनानको भ्रमण स्थगित भएको छ । यसैबीच म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा पठाईको छ ।